२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब सरकारी कार्यालयहरूमा खाजा खाने समय आधा घण्टा मात्र हुने प्रधानमन्त्री ओलीको घोषणा

962
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरूमा खाजा खाने समय घटाइएको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो फेसबुक स्टाटसमार्फत यो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीकाअनुसार अब सरकारी कार्यालयहरूमा खाजा समय एक घण्टाबाट घटाएर दैनिक १ः३० बजेदेखि २ बजेसम्म मात्र कायम गरिएको छ । प्रधानमन्त्री ओलीले यो निर्णय सेवाग्राहीहरूको हितलाई ध्यानमा राखेर गर्नुभएको हो ।प्रधानमन्त्रीले आफ्नो फेसबुक स्टाटसमा भन्नुभएको छ, ‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन ।’ उहाँले सरकारी कार्यालयमा लामो खाजा समयका कारण सेवाग्राहीहरूलाई असुविधा भएको गुनासो आइरहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले यो नयाँ नियमको कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’प्रधानमन्त्री ओलीको यो कदमलाई सरकारी सेवा प्रवाहमा सुधार ल्याउने प्रयासको रूपमा हेरिएको छ । यस नियमले सरकारी कर्मचारीहरूलाई थप अनुशासित र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports