पुष्पकमल दाहाल झुठको सहारा लिँदै सत्तामा पुग्ने दाउँमा !
वि.सं.२०८१ भदौ २८ शुक्रवार ०९:२८
shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समयमा फेरी जनतालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेको जस्तो देखिएको छ । सत्ता गुम्दाको पिडा उनी माथि प्रष्ट रुपमै देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेलाई आलोपालो खेलाएर प्रधानमन्त्री बन्न सफल भएका दाहालको चरित्र कांग्रेस–एमालेले बुझेका हुनाले उनीहरुले गत असार १७ गते ७ बुँदे सहमति गरे । सो सहमति अनुसार कांग्रेस–एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए अनुसार अहिले एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका छन् । ओलीले अबको २१ महिनासम्म सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछि २०८४ को निर्वाचन सम्म कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
नेपाली कांग्रेस–एमालेको सहमति पश्चात् संसदको प्रमुख विपक्षी दलको नेतामा सिमित भएका दाहाल पछिल्ला समयमा नेकपा एमालेप्रति रुष्ट हुँदै आएका छन् । आफू प्रधानमन्त्री रहेका बेला आफूसँग जादुको छडी रहेको र आफ्नो सहयोग बेगर कसैले सरकारको नेतृत्व गर्न नसक्ने बताउँदै आफ्नो नेतृत्वको सरकारलाई फालेर देखाउन कांग्रेस–एमालेलाई चुनौती दिँदै आएका थिए । २०७९ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कांग्रेस, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनमा रहेर माओवादी केन्द्रले संघीय संसदको जम्मा प्रत्यक्ष तर्फको १ सय ६५ सिट मध्ये १८ सिटमा जित हाँसिल गरेको थियो भने समानुपातिकतर्फ १४ सिटमा जित हाँसिल गरेको थियो । त्यसबेला माओवादी केन्द्र एक्लै निर्वाचनमा भए ४÷५ सिटमा सिमित हुने निश्चित जस्तै थियो ।
कांग्रेस–एमालेबीचको वैमनश्यताको फाइदा दाहालले उठाउँै आएका र कांग्रेसकै सहयोगमा सरकारको नेतृत्वमा पुगेका भएपनि उनले कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास जित्न नसकेका र सत्ता गठबन्धनमा रहेका दलहरुलाई विश्वासमा लिनुको बदला आफ्नो स्वार्थ पूरा गर्ने क्रममा दाहाल अघि बढेका हुनाले कांग्रेस संकटमा पर्दै आएको र नेकपा एमालेलाई समेत प्रचण्डले धोका दिँदै आएका हुनाले कांग्रेस–एमालेलाई मिल्न बाध्य दाहालले नै पारेका थिए । प्रधानमन्त्री रहँदै गर्दा अर्काको खुट्टामा टेकेर अघि बढेका दाहालले आफूलाई पदबाट हटाउन कसैले नसक्ने भन्दै आफूलाई हटाएर देखाउन धम्की समेत दिएका थिए । त्यही धम्की नै दाहालको लागि गलपासो सावित भयो । त्यसैको परिणाम थियो कांग्रेस–एमालेको गठबन्धन बन्नु ।
कांग्रेस–एमालेको गठबन्धन पश्चात् पनि दाहाल कांग्रेस–एमालेको गठबन्धन टुटाउन लागि परेका मात्र छैनन् जनतालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेका छन् । १८ महिनासम्म सत्ताको नेतृत्व गर्दा उनलाई जनता चाहिएका थिएनन् अहिले सत्ता गुमेपछि उनलाई जनता चाहिएका छन् । ओली नेतृत्वको सरकार गठन भएको एक महिना नपुग्दै उनी सरकारको विरोधमा उत्रिएका छन् । सामान्यतया सरकारको १०० दिनको कार्यकालयमा सरकारको विरोध नहुने सामान्य सिद्धान्त रहेपनि ओली सरकार गठन भए पश्चात् दाहाल सरकारको विरोधमा उत्रिएका छन् । केही दिन पहिला उनले सरकारको विरोध गर्न सय दिन कुर्न नसकिने भन्दै आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विरोधमा उत्रिन फरमान जारी गरेका थिए । यसरी दाहालले सरकारको विरोध गर्नु आफ्ना कार्यकर्तालाई फरमान जारी गर्नु लोकतान्त्रिक व्यवस्थाकै विरुद्धको कार्य हो । सरकारको १०० दिनको कार्यकाललाई हुनिमुन पिरियड भनिन्छ, त्यसैले सो समय सम्म सरकारको विरोध नहुने लोकतान्त्रिक मूल्य र मान्यता रहेको भएपनि दाहाल भने त्यसलाई स्वीकार गर्न तयार भएनन् त्यसैले भन्न सकिन्छ दाहालमा सत्ता गुम्दाको पिडाले ग्रस्त भएका छन् भनेर ।
पछिल्लो समयमा दाहाल प्रधानमन्त्री र नेकपा एमालेको विरोधमा कडा रुपमा प्रस्तुत हुन थालेका छन् । त्यसको एउटै कारण हो आफ्ना नेता तथा कार्यकर्ताहरुको दवावलाई अर्को तिर मोड्ने प्रयास । माओवादी केन्द्रले चलाएको प्रदेश र जिल्ला सभाका बैठक र प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालमाथि नै कार्यकर्ताहरुले प्रहार गरेका र अध्यक्ष दाहाल लगायतका नेताहरुकै कारण पार्टी संकटमा पर्दै आएको भन्दै अध्यक्षको व्यापक आलोचना हुन थालेपछि दाहालले आफ्नो विरोधलाई थामथुम पार्ने उदेश्यले प्रधानमन्त्री ओली माथि प्रहार गर्न थालेका छन् । उनी एक्लै रुपमा प्रधानमन्त्री दाहालमाथि प्रहार गरिरहेका भएपनि सत्ता गठबन्धनमा रहको कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति नरम देखिएका छन् ।
दाहालको एक मात्र चाहाना भनेको कांग्रेस र एमाले बिचमा विवाद् सिर्जना गरेर सत्ता टुटाउने खेलमा अहिले देउवा प्रति नरम देखिएका हुन् । अध्यक्ष दाहालले आफ्नो आङको भैसी देखेका छैनन् भने अर्काको आङको जुम्रा समेत देख्न थालेका छन् । त्यही कारणले उनले जनआन्दोलनलाई महान् भन्दै आएका छन् । जनआन्दोलन महान् थियो भने किन त्यसलाई टुँगोमा नपु¥याई बिचैमा सम्झौता गरियो । त्यो आन्दोलन जनताको लागि थियो कि माओवादीलाई सत्तामा पु¥याउने खेलमा सिमित थियो । २०६२÷६३ को सहमति पछि सबै भन्दा बढी माओवादी नै सत्तामा सहभागि भएको छ । त्यसैले भन्न सकिन्छ उक्त आन्दोलन माओवादी केन्द्र र पुष्पकमल दाहाललाई सत्तामा पु¥याउने खेलका नाममा जनतामाथि जबरजस्ती लाादिएका अपराधपूर्ण कार्य थियो भनेर सहज बुझ्न सकिने हामीले ठानेका छौँ ।



































