चार सदस्यीय कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा
वि.सं.२०८१ असोज २ बुधवार १९:४२
shares

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको हो ।सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन, सुशासन, अर्थव्यवस्था लगायत विषय समावेश गरिएको कार्यदलको सदस्य डा. प्रकाशशरण महतले जानकारी दिए ।




































