३६ जना उपसचिव सरूवा, १२ जिल्लाका सिडियो फेरिए
वि.सं.२०८१ असोज ३ बिहीवार ०८:४०
shares

सरकारले ३६ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमलप्रसाद पाण्डेलाई सीडीकोका रुपमा पठाएको छ ।





































