२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंसिर १६ गते विभिन्न ४१ पदमा उपनिर्वाचन हुने

2.13K
shares

स्थानीय तहमा रिक्त पदाधिकारी चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि विविध कारणले रिक्त भएका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी ३० वडाध्यक्ष पद अहिले रिक्त छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष ५, अध्यक्ष २, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक खालि छ । ओखलढुंगा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुनेछ भन्ने व्यवस्था छ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले साउन २९ गते मतदाता नामावलीमा नाम दर्ता आह्वान गरेको थियो । उपचुनावको मिति घोषणा भएसँगै नामदर्ता स्थगित भैसकेको छ ।

अन्तिम मतदाता नामावली स्वीकृत गरि प्रकाशन गरेको मितिसम्ममा कुनै जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा मङ्सिर १६ मै उपनिर्वाचन हुनेछ । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिको उपाध्यक्ष भुपेन्द्रा बुढा र वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर श्रीपालीको सवारी दुर्घटनामा निधन भएकाले त्यहाँ पनि सोही मितिमा उपनिर्वाचन हुने सम्भवना छ ।

कोशी प्रदेशका सात जिल्लामा रिक्त विभिन्न ८ पदमा उपचुनाव हुनेछ । ओखलढुंगाको जिसस प्रमुख र मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित झापाको कन्काई नगरपालिका वडा नम्बर ६, तेर्हथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको बेलका नगरपालिका–९ र त्रियुगा–१२ मा वडाध्यक्षको उपचुनाव हुनेछ । मधेश प्रदेशको सप्तरी, महोत्तरी, धनुषा र रौतहटका विभिन्न स्थानीय तहमा ६ सिट रिक्त छ । जसअनुसार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा वडाध्यक्षको लागि उपचुनाव हुनेछ ।

त्यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४, धनुषाको धनुषाधाम नगरपालिका–१ र महत्तरीको रामगोपाल नगरपालिका–२ मा पनि वडाध्यक्ष पुनः निर्वाचित हुनेछन् । बागमतीका दोलखा, काठमाडौँ, नुवाकोट र मकवानपुरका ७ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुनेछ । त्यस्तै, कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, काठमाडौँ महानगरपालिका वडा नम्बर १६, नुवाकोटको ककनी गाउँपालिका–२ र मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपचुनावबाट वडाध्यक्षको रिक्त पदपूर्ति गरिनेछ ।

एउटा मात्र पद रिक्त रहेको गण्डकी प्रदेशमा गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि उपचुनाव हुनेछ । लुम्बिनी प्रदेशमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ र बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा रिक्त वडाध्यक्षमा उपनिर्वाचन हुनेछ । त्यसैगरी, कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा ८ पदाधिकारी खालि छन् । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षसहित दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, कालिकोटको तिलगुफा नगरपालिका–४,जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ र रुकुम–पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा रिक्त वडाध्यक्ष उपचुनावमार्फत चुनिनेछन् ।

सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, दार्चुला, कैलाली र कन्चनपरका विभिन्न स्थानीय तहमा रिक्त ६ पदका लागि उपचुनाव हुँदैछ । जसमा कैलाली जिल्ला समन्वय समिति प्रमुख र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोल्पाको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रहेका छन् ।

उपचुनाव हुने ४१ पदाधिकारीमध्ये सबैभन्दा धेरै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नेहरु छन् । २०७९ मंसिरको स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित २५ पद रिक्त छ । जसमा ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुखसहित कीर्तिपुर नगरपालिका प्रमुख, ग्रामथान गाउँपालिका र महाबु गाउँपालिका अध्यक्ष छन् । त्यस्तै, नलगाढ नगरपालिका उपप्रमुख, गौरीशंकर गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित रिक्त १५ वडाध्यक्ष गत चुनावमा काँग्रेसबाट निर्वाचित भएका थिए ।

त्यस्तै, २०७९ को चुनावमा एमालेबाट निर्वाचित प्रमुख तथा उपप्रमुख पद रिक्त छैन । एमालेले जितेका ७ वडाध्यक्ष मात्र खाली भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित दुई उपाध्यक्ष सहित ८ पद रिक्त छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र मातहतका कार्यालयहरुले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरेको आयोगले जनाएको छ ।

स्वीकृत कार्यतालिकाअनुसार उपनिर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना यही असोज ९ गते प्रकाशन गरिने छ । असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गरिनुपर्नेछ । असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयार पार्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने तालिका छ ।

यस्तै, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गरिने आयोगले जनाएको छ । कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदान गर्नेलगायतका ६२ वटा क्रियाकलापसहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports