आईसीसी विश्वकप लिग – २ : नेपाल ओमान सँग पराजित
वि.सं.२०८१ असोज ३ बिहीवार ०८:४५
shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।





































