सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय

520
shares

काठमाडौँ । माओवादी केन्द्रले आजबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । आज बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।

यद्यपि उक्त निर्णय भोली आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ ।

‘राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय प्रस्तावका रूपमा आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुन्छ, उक्त प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरे सम्मेलन महाधिवेशनमा परिणत हुन्छ, नभए जे भनिएको छ त्यही हुन्छ’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताएका हुन् ।

स्थायी कमिटी बैठकपछि आज साँझ पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई सोझै महाधिवेशनमा लैजाने बताएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports