linktrix Long Ad
Salt Trading Long Ad

समाजमा आगो लगाउँछु भन्नेहरुबाट बच्न प्रधानमन्त्री ओलीको आग्रह

1.31K
shares

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति लक्षित गर्दै समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौं ।

सुशासन कायम त हामी गर्छौं गछौं । तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं।’ उहाँले आफूहरुले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल नभएको स्पष्ट पार्नुभयो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports