सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब जिल्ला प्रशासन कार्यालयवाटै इ- पासपोर्ट एक हप्ता मै पाइने

546
shares

राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी इ-पासपोर्ट जारी गरिरहेको छ।गत मंसिर १ गते इ-पासपोर्ट जारी गर्न सुरू भएको भएको। अहिलेसम्म ६ हजार जनाले इ-पासपोर्ट पाइसकेको राहदानी विभागले जनाएको छ।

विभागका प्रवक्ता शरदराज आरनका अनुसार अहिले दैनिक ८ सय वटा इ-पासपोर्ट जारी हुँदै आएकोमा बढाएर १२ सय पुर्‍याउने तयारी भइरहेको छ।अहिले दैनिक ८ सयको संख्यामा विद्युतीय राहदानी जारी भइरहेको छ। दैनिक १२ सय पुर्‍याउने हाम्रो लक्ष्य छ, उनले भने।

विभागबाट आवेदन दिनेहरूले दुई कार्य दिनभित्र इ-पासपोर्ट पाउने प्रवक्ता आरन बताउँछन्। उनले आज आवेदन दिन व्यक्तिले पर्सि इ-पासपोर्ट पाउने बताए।विभागबाट इ-पासपोर्ट लिन १२ हजार रुपैयाँ लाग्छ। जिल्लाबाटै इ-पासपोर्ट लिन भने ५ हजार रुपैयाँ राजश्व तिर्नुपर्छ।अहिले विभागसहित ११ वटा जिल्लामा इ-पासपोर्ट वितरण सुरू भएको छ।

११ वटा जिल्लामा यो सेवा सुरू भइसकेको छ। जिल्लाको हकमा पनि एक हप्तामै पासपोर्ट पठाइदिन्छौं। त्यसैले विभागमा लाइन लाग्नुपर्ने जरूरी नै छैन, प्रवक्ता आरनले भने, फेरि जिल्लामा त ५ हजारले नै हुन्छ अनि विभागमा किन १२ हजार तिर्नु

यही साताभित्र इ-पासपोर्ट दिने जिल्लाको संख्यालाई बढाएर २० पुर्‍याइने उनले बताए।अहिले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रूपन्देही, कास्की, पर्सा, मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालय मार्फत् इ-पासपोर्ट लिन सकिन्छ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports