kumari
stcnepal

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्यभित्रजीवन’ गीतको पुरुष भर्सन शीव परियारको स्वरमादर्शक, श्रोता माझ आएको छ । चर्चित नृत्यांगना सुनिता बस्नेत कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’ बोलको म्युजिक भिडियोका निर्देशक रामजी लामिछाने हुन्

 

। फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्य भित्र जीवन’मा शीव परियारको स्वर रहेको छ भने बाबुल गीरीले संगीत भरेका छन् ।

प्रेममा छुटेपछिको एक युवाको कथालाई गीत मार्फत व्यक्त गर्न खोजिएको समसामयिक अति मर्मस्पर्शी गीत‘भाग्य भित्र जीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले जिवन्त अभिनय गरेका छन् । श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की, मिक्सिङ दिनेश राजबहाक, पोष्टप्रोडक्शन स्टुडियो द पिक रहेको छ ।

footer