linktrix Long Ad
Salt Trading Long Ad

कहाँ चुक्यो गृह प्रशासन

1.52K
shares

 

असोज ११ र १२ गते परेको पानीले मुलुकभर मै वितण्डा मच्चाएको छ । काठमाडौ उपत्यकामा रहेका खोलाहरु मिचेर घर लगायतका संरचनाहरु निर्माण गरिएको हुनाले ठुलो मात्रामा जनधनको क्षति भएको छ, भने मौसम विभागले २÷४ दिन अघि देखि नै पानी पर्ने सूचना जारी गरेको भएपनि उक्त सूचनालाई वेवास्ता गर्दाको परिणाम सरकार र जनताले भोग्नु परेको छ । सरकारले १० गते बेलुका देखि १२ गते बेलुकासम्म रात्री बस सञ्चालन नगर्न दिएको निर्देशनलाई पालना गराउन सरकार असफल सावित भएको हुनाले र सार्वजनिक सवारी चालकहरुले रात्री बस सञ्चालन गरेका हुनाले धादिङको झ्याप्ले खोलामा गएको पहिरोले ठुलो मात्रामा जनधनको क्षति भएको हो ।
सरकारले दिएको निर्देशनलाई स्थानीय तह र स्थानीय प्रशासनले कडाईका साथ पालना गराउन नसकेको हुनाले त्यस्ता स्थानीय तहहरु र स्थानीय प्रशासनलाई सरकारले कडा रुपमा कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रहरी प्रशासन र प्रमुख जिल्ला अघिकारीहरुको लापरबाही र अकर्मण्यताकै कारण ठुलो मात्रामा जनधनको क्षति भएको छ भने उपत्यकामा खोला भित्रै घर सहितका संरचनाहरु निर्माण गरिएको हुनाले जनधनको मात्र क्षति भएको छैन सयौँ घरहरु ध्वस्त भएका छन् । स्थानीयतहले जबरजस्ती रुपमा आफ्नो आम्दानी बढाउनैका लागि जथाभावी बालुवा र गिट्टी उत्खनन् गर्न स्वीकृती दिएका हुनाले जमिन हल्लिएको र पानी परेपछि उक्त जमिनमा पहिरो गएको प्रष्ट भएको छ ।
शनिबार भिजिविलिटी कम भएको भन्दै बाढी पहिरोमा फसेका व्यक्तिहरुलाई हेलिकोप्टर मार्फत उद्दार गर्न सरकार असफल सावित भएको छ । मौसम विभागले २÷४ दिन पहिला नै भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन सरकार र जनतालाई आग्रह गरेका थियो । तर गृह प्रशासनले सो सूचनालाई वेवास्ता गरेको आरोप गृह प्रशासन माथि लागेको छ ।
मौसम विभागले गरेको आग्रहलाई ध्यानमा राखेर सरकार तयारी अवस्थामा रहनु पर्नेमा सरकार अन्यौलमा परेको देखिएको थियो । उपत्यका भित्रै पहिरोमा पुरिएका व्यक्तिहरुको समेत समयमै उद्दार हुन नसकेको प्रष्ट रुपमै देखिन्थ्यो । मौसम विभागले शुक्रबार र शनिबार ११ र १२ गते राती गाडी सञ्चालन नगर्न गरेको आग्रहलाई सवारी चालकहरुले वेवास्ता गर्दै बढी भाडा लिएर सवारी सञ्चालन गरेका हुनाले त्यस्ता सवारी चालक र गाडी मालिकहरुको पहिचान गरी उनीहरु माथि कडा भन्दा कडा कानुनी कारबाही गरिनुपर्दछ ।
वर्षा मत्थर भएपनि २४ घण्टा वितिसक्दा पनि आइतबार साँझ सम्ममा पनि सरकारले उद्दारमा सक्रियता नदेखाएको र त्यसै कारण घरमै पहिरोले पुरिएका व्यक्तिहरुको खोजी हुन सकेको देखिएन् । सयौँ नागरिकहरु राजमार्गमै अलपत्र परेका थिए भने केही व्यक्तिहरु पैदल हिँडेर अघि बढेका दृष्यहरु समेत देखिएका थिए । काठमाडौ उपत्यका भित्रै भएको बाढी पहिरोले गर्दा धेरै मानिसको ज्यान गएको र धेरै ठुलो मात्रामा जनधनको क्षति भएको छ । मुलुकको राजधानीमै बाढी पहिरोले ज्यान गुमाउनु परेको र समयमै सरकारले उद्दारमा सक्रियता नदेखाएको भन्दै सरकारको तीव्र आलोचना भएको छ ।
प्रधानमन्त्री मुलुक बाहिर रहेका र कार्यवहाक प्रधानमन्त्री उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह रहेका भएपनि उनले कुनै सक्रियता देखाउन नसकेको र उनी आफूँ अलमलमा परेर निर्णय गर्न असमर्थ रहेकाले गर्दा र गृहमन्त्री रमेश लेखकको समेत सक्रियता नभएकाले गर्दा सरकारको आलोचना भएको हो । मौसम विभागले पहिला नै सूचना दिएको भएपनि गृह प्रशासनले त्यसलाई वेवास्ता गर्दै कमजोर अवस्थामा रहनु भनेको मुलुककै लागि दुर्भाग्यको विषय हो भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports