सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुरुङ समुदायहरुले आज तमु ल्होसार धुमधामका साथ मनाउदै

832
shares

काठमाडौं । आज तमु ल्होसार गुरुङ समुदायहरुले धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनीहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

गुरुङ जातिको १२ वटा बर्ग चक्रमध्ये यसवर्ष च्य्ह ल्हो अर्थात् चरा बर्गको बिदाई गरी ’खि’ ल्हो अर्थात् कुकुर बर्गको स्वागत गरिँदैछ । गुरुङ जातिले हरेक वर्षको पुस १५ गते नयाँ वर्षको रुपमा ल्होसार मनाउँछन् । यस अवसरमा उनीहरु खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाउने गर्दछन् । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports