सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित सभापति एवं वडा अध्यक्ष पक्राउ

442
shares

काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका थिए। जुवा खालबाट वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेका छन्।
जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं,’ एक प्रहरीले भने, ‘उनीहरूको साथबाट २ लाख नगद पनि बरामद भएको छ।’

प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम भने सार्वजनिक गरेको छैन।उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports