प्रतिनिधिसभा सचिव अधिकारीले राजीनामा दिए
वि.सं.२०८१ मंसिर ९ आइतवार १३:४२
shares

काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।
सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।‘स्वास्थ्यमा समस्याको कारण देखाउँदै उहाँले भोलीबाट लागु हुनेगरी राजीनामा दिनुभएको हो‚’ गिरीले भने ।
उनलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधिसभा सचिविमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छैन ।































