सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुस २६ गते एमालेका अध्यक्ष केपी शर्मा ओली संखुवासभाको खाँदबारी जाने

494
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस २६ गते पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी जाने भएका छन् । नेकपा एमाले संखुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी जाने सचिवालयले जनाएको छ ।

ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा–किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

संखुवासभा एमाललेले पौष २६ र २७ गते आठौं जिल्ला अधिवेसन गर्ने भएको छ । निर्वतमान प्रधानमन्त्री ओलीले खाँदबारी नगरपालिका– १ को टुँडिखेलमा पौष २६ गते हुने उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख बिनोद सुब्बा गुरुङले बताए ।

अधिवेसनमा एक हजार जनप्रतिनिधि सहित २५ हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संघीय सांसद राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा बिधायन समितिका सभापति पर्शुराम मेघी गुरुङ, एमाले प्रदेश नम्बर एक अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports