सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादीले टुंगायो राष्ट्रिय सभाका उम्मेदवारहरू

442
shares

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ।आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको टुंगो लगाएका हुन्। हिजो सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई अधिकार दिएको थियो।

सत्तारूढ गठबन्धनले रिक्त १९ सिटमा भागबन्डा गरेर उम्मेदवार उठाउने सहमति गरेका थिए। जसअनुसार माओवादीले पाँच जना उम्मेदवार उठाउने भएको छ।

गण्डकीको अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगतर्फ सुर्खेतका नरबहादुर विष्ट, प्रदेश नम्बर २ महिलामा उर्मिला अर्याल र सुदूरपश्चिम प्रदेश दलिततर्फ जगत पार्कीलाई उम्मेदवार बनाउने माओवादीले निर्णय गरेको हो।

उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन भने माघ १२ मा हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports