संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बीच फुटसल प्रतियोगिता सम्पन्न
वि.सं.२०८१ मंसिर २५ मंगलवार १३:१३
shares

काठमाडौं । संघीय संसद् सेवा दिवसको अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार भृकुटिमण्डप स्थित फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाको टोलीले १३–० गोलले जित हात पारेको हो । सभामुख देवराज घिमिरेको नेतृत्वमा रहेको प्रतिनिधि सभाको टोलीले १३ गोल गरेको हो ।
खेलमा सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राना लगायतका सांसदहरू सहभागी थिए ।






































