सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाल देशको अर्थतन्त्र समस्या र दबाबमा : अर्थमन्त्री विष्णु पौडेल

910
shares

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताए ।

‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ । सेयर बजार लगायतमा गतिशील बनेको छ । तपाइँहरू यसमा सन्तुष्ट हुनुहुन्न । म स्वयम् पनि सन्तुष्टि छैन,’ मन्त्री पौडेलले भने, ‘राजस्व परिचालनको बारेमा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको छ ।’ यसैगरी राजस्व चुहावट रोक्नका लागि सरकारले प्रयास गरिरहेको समेत उनले बताए । तर सबै प्रयास सफल हुन नसकेको उनको भनाइ छ । ‘अहिले राजस्वको लक्ष्य पुरा गर्न ३०–३१ प्रतिशत वृद्धि गर्नुपर्छ । म लक्ष्य पुरा गर्न लागि परिरहेको छु,’ उनले भने, ‘यो लक्ष्य पुरा गर्दा मात्रै बजेटको सन्तुलन हुनसक्छ ।’

वैधानिक च्यानलबाट नआउने गैरकानुनी ढङ्गबाट बढी आयात हुने गरेकाले राजस्व सङ्कलनमा समस्या आएको समेत उनको भनाइ थियो । राजस्व चुहावटमा अनियमितता लगायतका गतिविधि रोक्न जरुरी रहेकाले सरकारले पहल गरिरहेको मन्त्री पौडेलले बताए ।पछिल्लो ब्याजदर घटेको, तरलता बढेको तर लगानी हुन नसकेको बताउँदै अर्थमन्त्री पौडेलले उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको समेत बताए । ‘यसैगरी नियामक निकायको प्रभावकारी नियमन गर्ने पहल भएको छ,’ उनले भने– ‘सेयर बजारको प्रश्नमा हाम्रो ध्यान जानुपर्ने विषय लगानीकर्ताको लगानी नडुबोस् भन्ने हो, यसको दिगो व्यवस्थापनमा सरकाले ध्यान दिएको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports