सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से ४५.८८ अंक बढे सँगै २७१५ मा कायम

689
shares

काठमाडौं । लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ ।

बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचकलाई प्रभाव पारेको थियो । नेप्से ४५.८८ अंक (१.७१ प्रतिशत) बढेसँगै २७१५ मा कायम भएको छ ।कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो ।२११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । नेप्सेको तुलनामा बैंकिङ सेक्टर दोब्बरले बढेको हो । पूँजीकरणका आधारमा बैंकिङ सेक्टर सबैभन्दा शक्तिशाली रहेकाले यसको प्रभाव बढी पर्दछ ।

विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढे ।न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढ्यो । खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२, महिला लघुवित्तको ६.२ तथा उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports