सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपिएलमा लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिने पहिलो टोली

611
shares

एनपिएलमा लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी बाहिरिएको हो।अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्‍यो। काठमाडौंले भने चार मध्ये दुई खेलमा जित निकालेको छ।काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याए पनि लुम्बिनीले लगातार विकेट गुमाएको थियो। चार बल खेल्न बाँकी लुम्बिनी ८५ रनमा अलआउट भयो। लुम्बिनीकाओपनरद्वय आशुतोष घिरैया ४ रन र अर्जुन साउद ३ रनमा आउट भए। दुवैलाई काठमाडौंका दिपेश कँडेलले चौथो ओभरमा सिकार बनाए।

बलिङमा काठमाडौंका कप्तान करणले चार विकेट लिए। दिपेश कँडेलले ३ विकेट लिए भने इरासमसले २ विकेट हात पारे। टस जितेर ब्याटिङ गरेको काठमाडौंको इनिङग्स पनि कुनै पनि बेला सम्हालिन सकेन। काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा १०३ रनमै अलआउट भयो। काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्ग्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरे। पाँचौ ओभरमा अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रन बनाएर खेलिरहदा आउट भए। उनलाई लुम्बिनीका अभिसेष गौतमले बोल्ड गरे।छैटौं ओभरमा साद बिन जफरले दुई विकेट लिएपछि काठमाडौं दबाबमा आयो। जफरले गेरार्ल्ड इरासमसलाई १ रनमा सन्दीप जोराबाट क्याच गराउदा चार बलपछि सुमित महर्जनलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे।१३औं ओभरमा डान डाउनवैटलाई विवेक यादवले कप्तान रोहितकुमार पौडेलबाट २१ रनमा क्याच गराए। उनले २४ बलमा २ छक्का प्रहार गरे।अर्को ओभरमा रसिद खान १ रनमा रोहितबाट रनआउट भए। १६औं ओभरमा काठमाडौंका कप्तान करण केसीलाई १ रनमा सूर्य तामाङले जोराबाट क्याच गराउँदा खेलमा लुम्बिनी हाबी भएको थियो।

१८औं ओभरको अन्तिम बलमा भीम सार्की ३१ रनमा आउट भए। उनलाई सान बिनको बलमा विकेटकिपर अर्जुन साउदले स्टमपिन गरे। भीमले ४० बलमा १ चौका प्रहार गर्न सके। यो ओभरको अन्तिम बलमा शाहब आमल ५ बलमा ८ रन जोडेर आउट भए।अन्तिम ओभरको दोस्रो बलमा प्रतिक श्रेष्ठलाई २० रनमा सिमन्ड्सले बोल्ड गरे। प्रतिकले १४ बलमा २ छक्का प्रहार गरे।बलिङमा लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिए। सिमन्ड्स र अभिसेष गौतमले २-२ विकेट लिन सफल भए। सूर्य तामाङ र विवेक यादवले १-१ विकेट लिन सफल भए।जारी प्रतियोगितामा लुम्बिनीले पाँच खेलमा खेल जित तथा काठमाडौंले चार खेलमा एक जित हात पारेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports