२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी विधान बमोजिम विभिन्न १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन

832
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ र नेपाल थारु सङ्घको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।

२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।जसमा नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा.प्रकाशशरण महत,नेपाल किसान महासङ्घको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल नेपाल भूतपूर्व सैनिक सङ्घको संयोजक केन्द्रीय सदस्य एनपी साउँद तोकिएका छन् ।

त्यसैगरी नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य,नेपाल थारु सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports