सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेट आठ विकेटले जितेर बंगलादेशले इतिहास रच्यो

598
shares

काठमाडौं । न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेट आठ विकेटले जितेर बंगलादेशले इतिहास रचेको छ । बंगलादेशले न्युजिल्याण्डविरुद्धको क्रिकेट खेल अहिलेसम्म जितेको थिएन । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले १७ ओभरमा २ विकेट गुमाएर हासिल गर्‍यो । पहिलो पारीमा बंगलादेशले ४५८ रन बनाउँदा न्युजिल्याण्ड १३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले १६९ रन मात्र बनाउन सक्यो । उसका लागि विल यंगले ६९ रन बनाए ।

यो ऐतिहासिक जितको हिरो बंगलादेशका इबादत हुसेन बने । उनले ५६ रन खर्चिएर ६ विकेट झारे ।घरेलु मैदानमा न्युजिल्याण्ड हारेको २०१७ पछि पहिलो पटक हो । २०१७ मा विलिंगटनमा न्युजिल्याण्डलाई दक्षिण अफ्रिकाले हराएको थियो ।

हालसम्म बंगलादेश देश बाहिर ६१ टेष्ट म्याच खेलेको छ । यो उसको छैटौं जित हो । यसअघि न्युजिल्याण्डसँग बंगलादेशले १५ टेष्ट म्याच खेलेको थियो । तीमध्ये १२ वटा खेलमा हारेको थियो भने तीनवटा ड्र भएका थिए ।

दुई वटा टेष्ट खेल खेल्न बंगलादेश हाल न्युजिल्याण्ड भ्रमणमा छ । टेष्ट श्रृंखलाको दोस्रो तथा अन्तिम खेल शनिबार क्राइस्टचर्चमा हुने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports