२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले लगातार बैठक बोलाउने तयारीमा

910
shares

काठमाडौँ । मंसिर २९ र ३० गते राष्ट्रिय कार्याशालामार्फत संकल्प गरेका कार्यक्रमलाई कार्यान्वयनमा लैजान नेकपा एमालेले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।

त्यसका लागि सचिवालयको बैठक पुस १० मा र केन्द्रीय कमिटीको बैठक पुस २० र २१ गते बोलाउने तयारी भएको एमाले नेताहरुले जनाएका छन् । यद्यपी दुवै मिति घोषणा भैनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।‘पहिला सचिवालय बैठक बस्छ त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छ तर दुवै बैठकको मिति घोषणा हुन बाँकी छ’, गौतमको भनाइ छ ।

एमालेले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने घोषणा गर्दै आएको छ । त्यसका आगामी माघदेखि चैतसम्म तीन महिने वडाकेन्द्रीत कार्यक्रम अभियानका रुपमा चलाउने एमालेले संकल्प गरेको छ । केन्द्रीय कमिटी बैठकले तीन महिने वडा केन्द्रीत कार्यक्रमको मोडालिटी समेत तय गर्ने बुझिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports