आज पनि घट्यो सुनको मूल्य
वि.सं.२०८१ पुस ५ शुक्रवार १९:३७
shares

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ।
बुधबारदेखि घट्न सुरू गरेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो।यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात ६० रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




































