जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत
वि.सं.२०८१ पुस ६ शनिवार १४:४६
shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल शनिबार भइरहेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त भइरहेको हो ।
जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यी दुईमध्ये जसले खेल जितेपनि ऐतिहासिक उपाधि हुने छ । सुदूरपश्चिम रोयल्स प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई नै आठ विकेटले हराउँदै फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्स भने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यी दुबै टोली प्रारम्भिक चरणको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढेका थिए । प्रारम्भिक चरणको खेलमा सुदूरपश्चिम रोयल्स १२ अंकसहित पहिलो र जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो भएका थिए । त्यसैले यी दुबै टोलीले पहिलो क्वालिफायरमा भिडन्त गर्ने अवसर पाएका थिए ।

































