kumari
stcnepal

प्रधानमन्त्री ओलीले एनपीएल उपाधि विजेता टोली जनकपुरलाई दिए बधाई

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको उपाधि विजेता टोली जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले एनपीएल विजेता टोली जनकपुरलाई बधाई दिएका हुन् ।‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !! फेरि पनि बधाई जनकपुर बोल्ट्स् !’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

footer