युरोप भ्रमण सकेर भारत हुँदै स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा
वि.सं.२०८१ पुस ८ सोमवार २२:०४
shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा गएकी थिइन् । सोमबार उनी भारतको नयाँ दिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् ।
उनी युरोपका केही कार्यक्रममा सहभागी भएर पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् । परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत ९आईसीजे० मा नेपालका प्रतिनिधित्व गरेकी थिइन् । मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको समेत भ्रमण गरेकी थिइन् ।



































