२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बसको ठक्करबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक तुलाधरको निधन

2.17K
shares

सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु भएको छ।

मंगलबार बेलुका सवा ९ बजे सर्लाहीको बलरा नगरपालिका-९ स्थित बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१-००६ ख २००४ नम्बरको बसले ठक्कर दिँदा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो।ठक्कर दिएपछि बस सडकमै पल्टेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठका अनुसार ठक्करबाट गम्भीर घाइते भएका तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा राति १०:०५ बजे चिकित्सकले मृत घोषणा गरको थियो।मृतकको शव प्रादेशिक अस्पताल मलंगवामै रहेको डिएसपी श्रेष्ठले जानकारी दिए। बसको चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports