सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गरायो

442
shares

काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको बताएका छन् । राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको मुख्यमन्त्री केसीले बताएका छन् ।

मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने पनि दावी गरे । यो रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहण लगायतका काम अगाडि बढाइने केसीले बताएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports