२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा. निकोलस भुसाल विरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता

1.25K
shares

पोखरा । रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने डा. निकोलस भुसाल विरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ ।शुक्रबार जिल्ला अदालत कास्कीमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए । शुक्रबार नै जिल्ला अदालत कास्कीमा बयान गराइएको छ भने थुनछेक बहस पनि गरिएको छ ।

यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए । त्यतिबेला न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो ।विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्‍याउने, गोपनियता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामासमेत प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि छ ।प्रहरी कन्ट्रोल टिममा रहेका प्रहरी काममा व्यस्त रहेको बेलामा अनधिकृत रुपमा सीसीटीभी मनिटरबाट लामिछाने सुतिरहेको तस्वीर खिचेर सामाजिक सञ्जालमा उनले राखेको अभियोजन पत्रमा उल्लेख छ ।भुसालले लामिछानेको गोप्य फोटो अनधिकृत रुपमा खिचेर सामग्रीसहित सार्वजनिक गरेको सरकारी वकिलको कार्यालयको भनाइ छ ।

‘यी प्रतिवादीले आफूले चलाउने गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्‍याउने तथा गोपनियता भंग हुने सामाग्री प्रकाशन गरी शान्ति सुरक्षामा समेत प्रभाव पार्ने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) ऐन अन्तर्गतको कसूर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी डा. निकोलश भुसाल भनिने कमल भुसालले उक्त कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आयो,’ अभियोग पत्रमा उल्लेख छ ।भुसाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ ।जसमा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फेलाउने वा विभिन्न जातजाती र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार भुसाललाई कारबाही गर्न सरकारी वकिलको कार्यालयले अदालतमा मागदाबी गरेको छ ।कसुरबाट पीडित व्यक्तिलाई हुन गएको हानी नोक्सानी विचार गरी न्यायाधीकरणले कसुरदारबाट मनासिव क्षतिपूर्ति भराउन सक्ने कानुन व्यवस्था पनि उनीमाथि आकर्षित गराइएको छ ।प्रतिवादी भुसालको साथबाट बरामद भएको मोबाइल र सिमकार्डसमेत परीक्षणको लागि नेपाल प्रहरी प्रधान कार्यालय, डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको हुँदा त्यसको रिपोर्ट प्राप्त नभएकाले पछि पेश गरिने अभियोजन पत्रमा उल्लेख छ ।भुसाल मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका थिए ।रविसँग व्यक्तिगत भेटघाट र स्वास्थ्य सल्लाह दिन भनेर गएका भुसालले सीसीटीभी मनिटरबाट फोटो खिचेका थिए ।त्यही फोटोलाई राखेर भुसालले रविको पक्षमा चितवनमा उपस्थित हुन आह्वान गर्दै लेखेका थिए । त्यो पोस्ट पुस ३ गतेबाट भाइरल भएपछि सबैको ध्यान केन्द्रित भएको थियो भने प्रहरी प्रशासनको पनि आलोचना बढेको थियो ।सीसीटीभी मनिटर रहेको कोठामा आफूलाई राखेर ड्युटीमा रहेका प्रहरी रविलाई सोध्न गएका बेला आफूसँग भएको आइफोनले ३ वटा फोटो खिचेको भुसालले बयानका क्रममा भनेका छन् ।

‘मैले पोष्ट गरेको उक्त रवि लामिछानेको फोटो २०८१/०९/०३ गते रातीदेखि अन्य फेसबुक प्रयोगकर्ता, टिकटक प्रयोगकर्ताले शेयर गरी, विभिन्न स्टाटस लेखेर पोष्ट गरी भाइरल भएको बिहान थाहा पाएपछि मैले फेसबुकमा पोष्ट गरेको सामाग्री हटाएको हुँ भने मैले जनतालाई जानकारी गराउने उद्देश्यले मेरो सोही फेसबुक आइडीबाट ‘भाइरल फोटोबारे केही बेरमा लाइभ आउने छु,’ त्यतिबेलाको घटनाबारे डा भुसालको बयान छ, ‘यो फोटो रियल हो, मैले नै खिचेको हो, गल्ती भको हो माफी चाहान्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गको थिएँ भन्ने स्टाटस लेखेर पोष्ट गरेको हुँ ।’यही बेला कास्कीमा आफूविरुद्धमा विद्युतिय कारोबार ऐन अन्तर्गतको (विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने) मुद्दा दर्ता भएको उनले बताएका छन् । त्यतिबेला प्रहरी कार्यालय गेट नजिकै कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मणबहादुर हमालको भनाइ तथा लेखाइलाई पनि अभियोजनको आधार बनाइएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका प्रतिवादी लामिछाने गत पुस ५ गते ६५ लाख धरौटी बुझाएर निस्किएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports