२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिल्ला स्तरीय अभिमुखीकरणका लागि एमाले शीर्ष नेताहरू धनकुटा जादै

806
shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा जान लागेका हुन् ।

कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्नेछन् । सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ ।

एमाले माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको हो । निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ । यो अभियानमा सङ्गठनका कमीकमजोरीको मूल्याङ्कन गर्दै जनताको चासो र गुनासो बुझेर संशोधनको प्रयास गरिने एमालेले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports