२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरीले सर्वसाधारणलाई चेकिङमा कुटपिट गरेको घटना छानबिन गर्न समिति

858
shares

काठमाडौँ । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ । दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको भनेका छन् । सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले  बताए । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।

एसपी मिश्र भन्छन्, ‘घटना चितवनको भनिएको छ, त्यसबारे समितिले तथ्य पत्ता लगाएर प्रतिवेदन दिएपछि संलग्न प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports