२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाणिज्य बैङ्कहरूको नाफा साढे २७ अर्ब, ९ बैकको नाफा घट्यो

1.76K
shares

काठमाडौं । ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये झण्डै आधा बैंकको नाफा घट्न पुगेको हो । योसँगै बैंकहरुको समग्र नाफा पनि घटेको छ ।

६ महिनाको यो अवधिमा बैंकहरुले कुल २७ अर्ब ४३ करोड रुपैयाँ बराबर नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । यो वर्ष बैंकहरुले कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाभन्दा १ अर्ब ३२ करोड अर्थात् ४.६१ प्रतिशतले कम हो ।

कुन बैंकको कति ?

यो अवधिमा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । उक्त बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकको सबैभन्दा कम अर्थात् १५ करोड १७ लाख रुपैयाँ कमाएको उल्लेख छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको ३ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८३ करोड, एभरेष्ट बैंकको २ अर्ब ७ करोड, एनएमबि बैंकको २ अर्ब, प्राइम बैंकको १ अर्ब ८६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ६४ करोड तथा हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु बैंकको १ अर्ब ३३ करोड, सानिमा बैंकको १ अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब १६ करोड, कृषि विकास बैंकको ९५ करोड, नेपाल एसबीआई बैंकको ९० करोड, माछापुच्छ्रे बैंकको ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७६ करोड, सिटिजन्स बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ५३ करोड, नेपाल बैंकको ४६ करोड र कुमारी बैंकको २७ करोड नाफा रहेको देखिएको छ ।

 

कुन बैंकको बढ्यो, कसको घट्यो ?

प्रतिशतका आधारमा हेर्दा यो अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ । उक्त बैंकको ८५.४८ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँ बराबरको नाफा बढेको हो । त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकको ५७.१८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४९.५१ प्रतिशत, एनएमबि बैंकको ४५.६० प्रतिशत, एभरेष्ट बैंकको २१.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.१० प्रतिशत, सानिमा बैंकको ४.७१ प्रतिशत, नबिल बैंकको २.८१ प्रतिशत हिमालयन बैंकको ०.९८ प्रतिशत तथा माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले नाफा बढेको छ ।

बाँकी ९ बैंकको नाफा भने घटेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै एनआईशी एशिया बैंकको ९२.०३ प्रतिशत, कुमारी बैंकको ६८.२० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६२.१३ प्रतिशत, सिद्धार्थ बैंकको ५२.३५ प्रतिशत, कृषि विकास बैंकको २९.३४ प्रतिशत, नेपाल बैंकको २१.६८ प्रतिशत सिटिजन्स बैंकको १५.४५ प्रतिशत, प्राइम कमर्शियल बैंकको १४.३३ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.९६ प्रतिशतले घटेको देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports