बढ्यो काठमाडौंको न्यूनतम तापक्रम
वि.सं.२०८१ माघ १३ आइतवार ०८:२२
shares

काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ।शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो।आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
‘बिहान बादल भएका कारण न्यूनतम तापक्रम घट्न पाएन,’ उनले भनिन्।काठमाडौंमा आज दिनभरि आंशिक बदलीको हुने पनि उनले बताइन्।’घाम लाग्ने र बादल लाग्ने भइरहन्छ। वर्षाको सम्भावना भने छैन,’ मौसमविद् मानन्धरले भनिन्। काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।




































