२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तयार भयो संसदीय क्यालेन्डर, संसद सुरू भएकै दिन अध्यादेश पेस गरिने

1.04K
shares

काठमाडौं । संघीय संसद् सचिवालयले यहि माघ १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।

सभामुख देवराज घिमिरे र पाँच प्रमुख दलका प्रमुख सचेतकहरुबीचको छलफलबाट १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो ।सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि क्यालेण्डर तयार पारिएको जानकारी दिए ।

जसमा संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।त्यसपछि दोस्रो बैठक २२ गते बस्नेछ । सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ । त्यसपछि माघ २८, २९ र ३० गते संसद् बैठक बस्ने बर्तौलाले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports