२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायपरिषदको सदस्यका लागि प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० मा हुने

845
shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ गर्ने भएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ गर्ने सन्दर्भमा समिति सचिवालयले तयार पारेको कार्यतालिका परिमार्जन सहित पारित गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

कार्यतालिका अनुसार खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा जानकारी गराउन दिएको समयमा कुनै उजुरी प्राप्त नभएको समिति सभापति न्यौपानेले बताइन् । पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।nसंसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports