२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको न्यूनतम तापक्रम बढ्यो

910
shares

सोमबारको तुलनामा मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस छ। सोमबार ५.७ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला अहिलेको न्यूनतम तापक्रमभन्दा केही घट्ने सम्भावना हुन्छ अथवा यत्ति (६.६) नै रहन पनि सक्छ।

मौसमविद्का अनुसार राति मौसम बदली अर्थात् आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भएको दिन घट्छ।मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports