विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि घटयो काठमाडौंको न्यूनतम तापक्रम

1.46K
shares

काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ।शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि शुक्रबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।काठमाडौंमा आज दिनभरि मौसम सफा रहने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

एक साताअघि गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन भएको थियो।त्यसपछि सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५, बिहीबार ८, शुक्रबार ६.२ र शनिबार ५.८ डिग्री सेल्सियस मापन भएको थियो।यसले बिहीबारदेखि काठमाडौंको न्यूनतम तापक्रम लगातार घटिरहेको देखाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports