विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक रहने

975
shares

काठमाडौं । राजधानीको सुरक्षा जिम्मेवारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा रहने यो कार्यालयमा दुई जना एसपी पठाएको हो ।हालै भएको सरुवामार्फत काठमाडौं प्रहरीमा अपिलराज बोहोरा र कुलदीप चन्द काठमाडौं पठाइएका छन् ।राजधानीलाई सुरक्षाको दृष्टिकोणले अझ मजबुद बनाएर लैजान संगठनले दुई जना एसपीको आवश्यकता महसुस गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

केहीअघि प्रहरीको आन्तरिक समितिले समेत काठमाडौंमा दुई जना प्रहरी उपरीक्षक (एसपी) राख्न सिफारिस गरेको थियो । एसपीका रुपमा सरुवा भएका बोहोरा र चन्दले डीएसपी छँदा काठमाडौं प्रहरी अन्तरगतको प्रहरी वृत्तको नेतृत्व गरिसकेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports