विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला टी २० : नेपालको लगातार चौंथो हार, उपाधि होड बाटै बाहिरियो

962
shares

काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ । आज थाइल्यान्डसँग ५ रनको हार व्यहोरेसँगै नेपालको उपाधि होड समाप्त भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले ६ विकेट क्षतिमा १०६ रन जोडेको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो ।नेपालले ८ रनमै चार विकेट गुमाएर दयनीय सुरुवात गरेको थियो । तर, मध्यक्रममा पूजा महतो, रुबिना क्षेत्री, रोमा थापा र कविता जोशीले नेपाललाई खेलमा फर्काएका थिए ।

रुबिनाले नेपालका लागि सर्वाधिक २६ रन जोडिन् । उनले २९ बलको सामना गर्दा एक छक्का र तीन चौका प्रहार गरेकी थिइन् । पूजा महतो २८ बलमा १८ रन बनाएर आउट भइन् । कविता जोशीले २० बलमा २४ रन जोडेर आउट हुँदा रोमा थापा १९ बलमा त्यति नै रन बनाएर अविजित रहिन् ।अन्तिम ओभरमा नेपाललाई जितका लागि १५ रन चाहिएको थियो भने हातमा तीन विकेट मात्र थिए । पहिलो बलमै एलिसा यादव रनआउट भइन् । बाँकी ५ बलमा नेपालले ९ रन मात्र जोड्न सक्यो ।

नेपालले थाइल्यान्डविरुद्ध बलिङमा उत्कृष्ट सुरुवात गरेको थियो । ५६ रनमा थाइल्यान्डले ६ विकेट गुमाएको थियो । तर सातौं र आठौं नम्बरका ब्याटरले थाइल्यान्डलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए ।उनीहरुबीच अर्धसतकीय साझेदारी भएको थियो । नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् । पूजा महतो र रचना चौधरीले एक–एक विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports