विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुईजना पक्राउ

910
shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता रसोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।

सीआईबी प्रवक्तासमेत रहेका उपरीक्षक दीपक राज अवस्थीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports