आजपनि घट्यो काठमाडौंको न्युनतम तापक्रम
वि.सं.२०८१ माघ २५ शुक्रवार ०८:१५
shares

बिहीबारको तुलनामा आज पनि काठमाडौंको न्यूनतम तापक्रम घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको छ।बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।काठमाडौंको आकाश बिहानको समयमा सफा रहेका रहेका कारण न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेको मौसमविदहरूले बताएका छन्।
दिउँसो काठमाडौंको मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने प्रक्षेपण छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस मापन भएको थियो।माघ महिना उत्तरार्द्ध पुगिसकेकाले अब तापक्रम विस्तारै बढ्दै जाने महाशाखाले जनाएको छ।
एक साताअघि गत शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन भएको थियो।त्यसपछि शनिबार ५.८, आइतबार ४.५, सोमबार ४.८, मंगलबार ६.५ र बुधबार ८.६ र बिहीबार ७.५ डिग्री सेल्सियस मापन भएको थियो।



































