अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत माथि लगाए प्रतिबन्ध
वि.सं.२०८१ माघ २५ शुक्रवार ०८:१३
shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत(आईसीसी) विरुद्ध प्रतिबन्ध लगाएका छन्।
यो आदेशले आईसीसीका अधिकारी र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूविरुद्ध आर्थिक र भिसामा प्रतिबन्ध लगाउँछ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
आईसीसीले नेतन्याहुलाई गाजामा युद्ध अपराध गरेको आरोप लगाएको छ। तर इजरायलले यसलाई अस्वीकार गरेको छ।आईसीसीले हमास कमान्डरविरुद्ध पनि वारेन्ट जारी गरेको थियो।


































