kumari
stcnepal

ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छुटे

 

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको छ ।

अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको हो । सीआईबीका प्रमुख धिरज प्रताप सिंहले आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई हिजो मंगलबार छाडिएको बताएका छन् ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप रहेको छ ।

 

footer