kumari
stcnepal

कैलालीमा नव निर्वाचित पदाधिकारीहरूलाई आज शपथग्रहण गराइदै

कैलाली । नेकपा एमाले कैलालीको पदाधिकारी तथा सदस्यहरूको मत गणना सकिएको छ । ५ पदाधिकारी सहित १५० सदस्यहरूको मतगणना गएराति सम्पन्न भएको छ । खुल्ला तर्फको सदस्य र विभिन्न कलस्टरका सदस्यहरूको मत गणनामा सबैभन्दा धेरै मत अरुण कुँवरले ल्याएका छन् । २९ वर्षीय उनले ३४० मत ल्याएका हुन् । ५८९ मत मध्ये दुवै टिममा परेका कुँवरले सर्वाधिक मत पाएका हुन् । २१ पदका लागि खुल्ला सदस्यमा ४६ जना बिच प्रतिस्पर्धा भएको थियो । धेरै जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुँवरले करिब ५८ प्रतिशत मत पाएका हुन् ।

‘मलाई विश्वास गरेर दुवै टिमका प्रतिनिधीहरुले मत दिनु भयो’ रास्ट्रिय युवा संघका स्थायी कमिटी सदस्यसमेत रहेका कुँवरले जितपछि भने, ‘अब एमाले कैलालीलाई बलियो र सुदृढ गर्न तर्फ लाग्छु ।’ सदस्य पदमा दोस्रो नम्बरमा सर्वाधिक मत ल्याउने उम्मेदवारभन्दा कुँवरले करिब १ सय मत बढी ल्याएका छन् । दलित महिला तर्फ दीपा नेपालीले सबै भन्दा धरै मत पाइन् । उनले ३३८ मत पाइन् ।

जनजाति तर्फ सबै भन्दा धेरै मत ल्याएका मनोज राईले २४२ मत पाएका छन् । उनीहरू तीनै जना युवा हुन् । खुल्ला तर्फको सदस्य र अन्य कलस्टर बाहेकका पदहरूको मत गणना यस अघि नै सम्पन्न भइसकेको छ । कैलालीमा नव निर्वाचित पदाधिकारीहरूलाई आज शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।

footer