सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलालीमा नव निर्वाचित पदाधिकारीहरूलाई आज शपथग्रहण गराइदै

507
shares

कैलाली । नेकपा एमाले कैलालीको पदाधिकारी तथा सदस्यहरूको मत गणना सकिएको छ । ५ पदाधिकारी सहित १५० सदस्यहरूको मतगणना गएराति सम्पन्न भएको छ । खुल्ला तर्फको सदस्य र विभिन्न कलस्टरका सदस्यहरूको मत गणनामा सबैभन्दा धेरै मत अरुण कुँवरले ल्याएका छन् । २९ वर्षीय उनले ३४० मत ल्याएका हुन् । ५८९ मत मध्ये दुवै टिममा परेका कुँवरले सर्वाधिक मत पाएका हुन् । २१ पदका लागि खुल्ला सदस्यमा ४६ जना बिच प्रतिस्पर्धा भएको थियो । धेरै जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुँवरले करिब ५८ प्रतिशत मत पाएका हुन् ।

‘मलाई विश्वास गरेर दुवै टिमका प्रतिनिधीहरुले मत दिनु भयो’ रास्ट्रिय युवा संघका स्थायी कमिटी सदस्यसमेत रहेका कुँवरले जितपछि भने, ‘अब एमाले कैलालीलाई बलियो र सुदृढ गर्न तर्फ लाग्छु ।’ सदस्य पदमा दोस्रो नम्बरमा सर्वाधिक मत ल्याउने उम्मेदवारभन्दा कुँवरले करिब १ सय मत बढी ल्याएका छन् । दलित महिला तर्फ दीपा नेपालीले सबै भन्दा धरै मत पाइन् । उनले ३३८ मत पाइन् ।

जनजाति तर्फ सबै भन्दा धेरै मत ल्याएका मनोज राईले २४२ मत पाएका छन् । उनीहरू तीनै जना युवा हुन् । खुल्ला तर्फको सदस्य र अन्य कलस्टर बाहेकका पदहरूको मत गणना यस अघि नै सम्पन्न भइसकेको छ । कैलालीमा नव निर्वाचित पदाधिकारीहरूलाई आज शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports