तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयन गर्न मतदान सुरु

676
shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिबाट मतदान सुरु भएको संघका वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए ।निर्वाचन मार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भुगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्य बाहेक अरु पदमा निर्विरोध भइसकेको छ ।अध्यक्ष पदमा माधव चौलागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार बनेका छन् ।

महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ । जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको व्यवस्था छ ।

बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित हुनेछन् ।यसमध्ये मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भौसकेका छन् ।खुलातर्फ ३ महिला सदस्य पनि निर्विरोध भैसकेका छन भने फरक वर्गतर्फबाट ७ जना निर्विरोध भैसकेको पन्तले जानकारी दिए ।कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट महाधिवेशन जारी छ ।महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports