तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश : डा. बाबुराम भट्टराई

689
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् ।

जनकपुरमा शनिवार अयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि विस्तारै थाक्दै, गल्दै गएको जिकिर गरे ।त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको भट्टराईको तर्क छ ।

‘अहिले जे छ, खासगरी पुराना कांग्रेस, एमाले र माओवादी र पहिचानवादी आन्दोलनमा आएका साथीहरूको नेतृत्व पनि जसरी विस्तारै थाक्दै, गल्दै, निष्क्रिय, गतिहीन जस्तो बनेको छ । त्यो एउटा पाटो हो,’ भट्टराईले भने, ‘त्यसको विकल्प भनेको त्यो भन्दा अग्रगामी, संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर यसका अपूर्णता, शासकीय स्वरुपका जुन अपूर्णता छन् ।’प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत उनले गरे ।संघीयता सम्बन्धी आवश्यक नियम, कानुन आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउँथ्यो । त्यो हुन नसक्नु एउटा कारण हो । अर्को संघीयतामा गयौँ तर संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि बेलामा नबनाइदिँदा त्यसको ठिक ढंगले कार्यान्वयन भएको छैन,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘संघीयता फेरि पहिचान, अधिकार सहितको संघीयता भन्ने एक अर्थमा अपूरो पनि थियो । राज्यका अंगहरु ब्यूरोकेसी, अड्डा अदालत, सुरक्षा अंगहरुको बेलैमा रुपान्तरण हुन नसक्दा भ्रष्टाचारको दुष्चक्र छ । त्यसले गर्दा जनता वाक्कदिक्क भएको हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports