नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित

546
shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित भएका छन् ।

चम्लागाईंले ३५१ मत ल्याई निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षका अरु दुई प्रतिस्पर्धी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित चम्लागाईं महामन्त्री गगन थापा निकट हुन् ।अध्यक्षमा पराजित विकास थापा संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षका हुन् भने कल्पना खड्का पार्टी प्रवक्ता डा. प्रकाशशरण महत नजिक छन् । केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले राष्ट्रिय लोकतान्त्रिक अपाङ संघमा महामन्त्री थापा र नेता शेखर पक्ष बीचमा नै प्रतिस्पर्धा भएको जानकारी गराए ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनको शनिबार मतदान सकिएको थियो । आन्तरिक विवादका कारणले सोमबार विहान मात्रै मतगणना भएको थियो । निर्वाचित पदाधिकारीमा समेत चम्लागाईंको प्यानलले जितेको छ । उपाध्यक्षमा महिलाबाट अनिता घिमिरे गैरे, खुलातर्फ उदयबहादुर लिम्बु, दुई महामन्त्रीमा किरणकुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भएका छन् । महमहाधिवेशनका लागि चयन भएका ८९२ प्रतिनिधिबाट ४७० मत खसेको थियो ।

विधान अनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । ३९ जना निर्वाचित र १२ जना मनोनित हुने विधानको व्यवस्था छ ।महाधिवेशनका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहनेगरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो । २०६३ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रथम महाधिवेशन १८ वर्षपछि गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports