विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँको प्रदूषण नियन्त्रण गर्न दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव

897
shares

काठमाडौँ । वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार छलफल गरेका हुन् ।

छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन् ।छलफलमा बोल्दै सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने बताए । जसका लागि सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गरिने उनले बताए ।

‘पछिल्लो समय बढ्दो रूपमा रहेको प्रदूषण न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल गर्नुपर्नेछ ,’ सिंहले भने,‘अन्य निकायहरूको छलफल पछि मात्र प्रदूषण रोक्नेबारे निर्णय गर्ने छौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports