सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साँढेको जुधाँई बाच्छाको मिचाईमा नेपाली जनता

1.08K
shares

 

काठमाडौ । राष्ट्रिय एकता राष्ट्रिय भावनामा बाँधिने आन्तरिक इच्छा शक्ति नै हो । राष्ट्रियता भनेको राज्य र नागरिकलाई जोड्ने महत्वपूर्ण कडी हो । राष्ट्रिय एकता जुनसुकै देशका लागि अति महत्वपूर्ण हुन्छ । राष्ट्रिय एकताले राज्यका सबै नागरिकलाई एकताको सूत्रमा बाँध्न सहयोग पु¥याउँछ । यसले देश हामी सबैको साझा फूलबारीहो भन्ने भावना विकसित गराउँछ । सबै नागरिकले एक आपसमा सहयोग, सद्भाव, मेलमिलाप, प्रेम कायम राखि राष्ट्रिय भावना प्रदर्शन गर्ने मनोवैज्ञानिक भावना हो । त्यस कारणले गर्दा देशभक्ति विचार समझदारी, सामूहिकता, मातृत्व, सहिष्णुता र राष्ट्रप्रतिको प्रेमभाव नै राष्ट्रिय एकता हो । तर पछिल्लो समयमा हामीकहाँ त्यस्तो देखिएको छैन ।
जनता जनतालाई जुधाएर आफ्नो र पार्टीगत स्वार्थ पूरा गर्ने खेलमा सबै भन्दा अगाडि माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल नै देखिएका छन् । माओवादीले चलाएको १० वर्षे जनयुद्धले गर्दा जनता जनताबीचमा फाटो ल्याएको छ । पार्टीगत र व्यक्तिगत स्वार्थले गर्दा जनता विभाजत अवस्थामा रहेका छन् । यसैलाई भनिन्छ साँढेको जुधाई बाच्छाको मिलाई भनेर ।
राष्ट्रिय एकता नभएको अवस्थामा जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि त्यस्तो सरकार सरकारलाई लागि सरकार मात्र रहने निश्चित जस्तै देखिएको छ । पार्टीगत स्वार्थ त्यागेर जनताको हितमा र राष्ट्रिय एकतालाई कायम गराउन नसकिएको खण्डमा मुलुक तिव्र विवादको घेरामा पर्न सक्ने सम्भावना हुन्छ ।
पछिल्लो समयमा हामी त्यही चक्रव्यूमा फस्दै गएका छौँ । आखिरी किन ? पछिल्लो समयमा राजनीतिक दलहरुले आ आफ्नो स्वार्थ पुरा गर्न जनता जनताबीचमा गहिरो खाल्डो खन्दै गएका छन् । मुलुक अशान्त बन्दै गएको छ । दिनहुँ जसो हुने आन्दोलनले गर्दा जनतामा आक्रोश बढ्दै गएको छ ।
राजनीतिक दलहरुले एकले अर्कोलाई विश्वास गर्न सकिरहेका छैनन् । आ आफ्नो स्वार्थका लागि उनीहरुले जनतालाई भिडाइरहेका छन् । दलहरुले राजा आउँछन् भनेर आफूलाई रुपान्तरण नगरि शासन गर्ने प्रवत्ति देखाएका हुनाले यो प्रवृत्ति नै खतरनाक रहेको छ । नागरिकका असन्तुष्टिको पारो घटाउनुको सट्टा उनीहरु उल्टो नागरिक नागरिकलाई जुधाएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेको हुनाले साँढेको जुढाईमा बाच्छाको मिचाई भएको छ । त्यसैको परिणाम हो चैत्र १५ गते राजावादीहरुले काठमाडौको तिनकुनेमा गरेको विरोध प्रदर्शनमा सरकारी दमन त्यहाँ अनाहकमा २ जना नागरिकको हत्या भयो । प्रही प्रशासनले अन्धाधुन्द गाोली प्रहार ग¥यो ।
विरोधसभा सुरु नै नभईकन स्टेजमा किन अश्रृग्यास प्रहार गरियो । उक्त घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्दछ । सो आयोगमा सर्बोच्च अदालताक पूर्व न्यायाधिशको अध्यक्षमा मानवअधिकार आयोगका सदस्य र अर्को एक जना विज्ञलाई राखेर आयोग गठन गरी निष्पक्ष छानविन गरी दोषी ठहर भएका जोसुकैलाई पनि कानूनी दायरामा ल्याउनैपर्दछ ।
राजनीतिक दलहरुले पार्टीगत स्वार्थ छोडेर मुलुकको बृहत हित र जनताको पक्षमा काम गर्न सकेको खण्डमा मात्र मुलुकको विकास हुन सक्छ । माओवादी केन्द्रले पछिल्लो समयमा सरकारको विरुद्धमा जनतालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरिरहेको छ ।
उसले आफू सरकारमा हुँदा जनताको पक्षमा कुनै ठोस उपलब्धिमूलक कार्य गर्न नसकेको र राज्यसत्ता नै कब्जा गर्ने प्रयास गरेकै कारण पुष्पकमल दाहाललाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेस–एमालेले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका हुन् । त्यो सहमति पछि दाहाल पानी बेगरको माछा जस्ता भएका र सरकारको विरुद्धमा जनतालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेका हुनाले पछिल्लो समयमा जनता साँढेको जुधाई, बाच्छाको मिचाईमा पर्दै गएका छन् ।
दिनहुँ हुने आन्दोलनले दैनिक ज्यालादारी गरी कमाई खाने मानिसलाई संकट परेको छ । व्यापार नभएको हुनाले व्यापारीहरु रुष्टभएका छन् भने उद्योग धन्दा कलकारखाना बन्द हुँदै गएका छन् । यस्तो जटिल अवस्थामा सबै दलहरु एक भएर मुलुकका समस्या समाधान गर्ने तर्फ लाग्नुपर्नेमा सरकारको विपक्षीमा जनतालाई भिडाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नु माओवादी केन्द्रको अक्षम अपराधमात्र नभएर नेपाली जनतामाथिको घात समेत भएकाले अब सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जनताका समयाहरु समाधान गर्ने बृद्धि माओवादी केन्द्रका अध्यक्ष दाहाल सहित सबै दलका नेतालाई आओस् यही कामना ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports